शेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन: मन्त्री अर्याल
काठमाडौं, जेठ २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले लगाउदै आएको चर्को ब्याज नियन्त्रण गर्नु पर्ने बताएकी छन् ।
उनले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो आफु कहाँ आइरहेको बताईन् । यस्ता ब्याज लगाउने सहकारीलाई नियन्त्रण गर्नु पर्नेमा उनले जोड दिएकी छन् ।
सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएको सुनेको बताउँदै नागरिकको सिधा पहुँचामा रहेका सहकारीले चर्को ब्याज लिन नहुने बताइन् ।
सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने उनको भनाइ थियो । ‘सहकारीमा अधिकांश न्युन आय भएका शेयर सदस्य रहेका छन। शेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले भनीन् ।
मन्त्री अर्यालले ग्रामीण तथा विपन्न वर्गको पहुँच र्पुयाउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझावसमेत दिएकी छन् ।
स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध गरिन् । उनले शयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण जगर्न पनि आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्