घरमै सुत्केरी हुँदा आमा र शिशुको मृत्यु
काठमाडौं, जेठ २४ । बागलुङमा घरमै सुत्केरी हुँदा आमा र शिशुको ज्यान गएको छ । बागलुङको जिल्लाको बडिगाड गाउँपालिकामा घरमै सुत्केरी हुँदा आमा र नवजात शिशु दुवैको ज्यान गएको हो ।
बडिगाड गाउँपालिका- ६ सुरकुडेकी २३ वर्षीया जिसु बुढाको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको प्रहरीले जनाएको छ ।
गत सोमबार दिउँसो घरमै सुत्केरी भएकी जिसुले जन्माएकी नवजात शिशुको पनि दुई घण्टामै ज्यान हो ।
अधिक रक्तश्राव र नवजात शिशुको मृत्युपछि विक्षिप्त भएकी जिसुलाई सुरकुडेबाट राति अवेर मात्र स्वास्थ्य चौकी र्पुयाइएको थियो।
अत्यधिक रक्तश्राव भएकाले बडिगाडमा रहेको पोलिक्लिनिकले करिब एक घण्टाको सामान्य उपचारपछि पाल्पा लैजान रेफर गरेको थियो। तर पनि उनको ज्यान भने जोग्न सफल भएन् ।
प्रतिक्रिया दिनुहोस्