२१ महिने छोरीलाई झुन्ड्याएर एक महिलाले गरिन् आत्महत्या !
काठमाडौं, जेठ २३ । ललितपुरमा एक महिलाले २१ म्हिने छोरीलाई झुन्ड्याएर आत्माहत्या गरेकी छन् ।
ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई झुन्ड्याएर ति महिाले आत्महत्या गरेकी हुन्। प्रहरीका अनुसार आत्महत्या गर्नेमा मुगुकी २६ वर्षकी जानु शर्मा रहेकी छन्।
उनी स्थानीय प्रेमप्रसाद घिमिरेको घरमा भाडामा बस्दै आएकी थिइन्। बुधबार साँझ ६स्३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो।
ढोका बन्द रहेको र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि प्रहरी र वडाध्यक्ष सहितको टोली कोठाभित्र पसेको थियो। त्यहाँ जानु झुन्डिएको अवस्थामा फेला पारेकी थिइन्।
महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमोरीयाका अनुसार जानूले कोठामा आत्महत्या गरेको पुष्टी भएको छ। उनले कोठाभित्र रहेको बलोमा सलको पासो बनाएर छोरीलाई झन्ड्यिाएर र आफू पनि त्यहीँ झुन्डिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जानुले मजदुरी गरेर गुजारा गर्दै आएकी बताउदै उनी कामको सिलसिलामा मुगुबाट त्यहाँसम्म आइकी थिइन्।
श्रीमानले अर्की श्रीमती ल्याएका कारण जानु केही महिनादेखि एक्लै बस्दै आएकी प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्