रसुवा जीप दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो, तीन अझै बेपत्ता

काठमाडौं, जेठ २३ । रसुवा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । यस्तै तीन जना अझै बेपत्ता छन् ।

मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा ज्यान गुमाउनेकोे सङ्ख्या चार पुगेको प्रहरीले बताएको छ । ।


दुर्घटनामा गम्भीर घाइते भएका ५ वर्षीय फुर्बु याङ्जेन तामाङको न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार राति ९ बजेर ५० मिनेट जाँदा ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।


पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटना भएको थियो ।


दुर्घटनामा परेका तीन जना अझै फेला परेका छैनन् । बेपत्ता भएका ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी त्लेतङ घलेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परेका सबै यात्रु गोल्जुङका स्थानीयबासी रहेका छन् । यस्ता दुर्घटना पछिल्लो समय निकै नै बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्