१० लाख घुस रकमसहित इन्स्पेक्टर पक्राउ

काठमाडौं, जेठ २२ । १० लाख घुस रकमसहित एक जना इन्स्पेक्टर समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्सन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई १० लाख रुपैयाँ घुस रकमसहित समातेको हो।

गएको वैशाख ११ गते गैंडाकोटमा भएको सवारी दुर्घटनामा नक्कली चालक खडा गरी घुस लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको हो ।

नक्कल िचालक खडा गरेवापत जिसलिे १० लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

यसुम्बन्धी उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको जनाएको छ ।


नवलपुरका व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि किसनु महतोलाई चालकका रुपमा खडा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्