इन्फिनिटी लघुवित्तको आइपीओ बाँडफाँट, ६२ हजार ९९३ जनाले पाए १० कित्ताका सेयर बाँकीको हात खाली
काठमाडौं, २२ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ ।
लघुवितमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यस आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए । जस मध्ये ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ ।
कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये मध्ये १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।
नवलपुरको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको आइपीओ बिक्री पश्चात चुक्ता पुँजी २० करोड ७४ लाख पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्