जाडोले कठयाङ्ग्रिका बाढी पीडित भन्छन् :‘सरकारले चिउरा र त्रिपालबाहेक केही दिएन’

काठमाडौं। सर्लाहीका बाढी पीडितले आफूहरु चिसोले कठयाङ्ग्रिदासमेत सरकारले वास्ता नगरेको गुनासो गरेका छन् ।

गत साउन अन्तिम साता गएको बाढीबाट विस्थापितहरुले यस्तो गुनासो गरेका हुन् । बाढीबाट घरबार गुमाउँदासमेत सरकारले राहतको नाममा एक दुई मुठी चिउरा र एउटा त्रिपालबाहेक केही नदिएको गुनासो उनीहरुको छ ।

बाढीले सक्रौल, लखन्देही र बागमती खोलाआसपासका बस्ती प्रभावित बनाएको थियो ।

सरकारले बाढीबाट जनधनको ठूलो क्षति भएलगत्तै प्रभावितलाई विभिन्न राहत प्याकेजको घोषणा गरेपनि पीडितले अझै पाउन सकेका छैनन् ।

न्यानो ओड्ने ओछ्याउनेको अभावमा चिसोबाट ज्यानै जाने अवस्था हुँदासमेत वास्ता नगरेको दुःखेसो प्रभावितको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने चिसो प्रभावितका लागि चोक, चौतारा, सरकारी कार्यालय जस्ता ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको र बढी प्रभावितलाई कम्बल वितरण भैरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्