काठमाडौं  । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आज सकिएको छ । यस अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन ।

मलेसियाले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन भर्ना कार्यक्रमसँगै स्वदेश फर्कनका लागि समेत आज सम्मको अवधि तोकेको थियो । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जानकारी दिएको छ ।

मलेसियाबाट यस वर्ष १ हजार ४० जना नेपालीको उद्धार गरिएको छ । उनिहरु घर फिर्ती हवाई टिकट अभावमा मलेसियाका फिर्ती केन्द्रहरूमा अलपत्र रहेका थिए । तीमध्यका अधिकांश नेपालीलाई सरकारी, निजी संघसंस्था एवं कम्पनीहरूको सहयोगमा उद्धार गरिएको दूतावासले वताएको छ ।