वीरगञ्जमा बालकको अपहरणपछि हत्या, प्रहरीले गोली हानेर पक्राउ गर्यो अभियुक्त

काठमाडौं, जेठ १५ । वीरगञ्जमा एक बालकको अपहरणपछि हत्या गरिएको छ । ति अपहरणकारीले वीरगञ्जको प्रगतिनगरका शम्भु साहको ८ वर्षीय छोरा करण साहको गएको शुक्रबार आफनै घर नजिकै खेलिरहेको अवस्थामा अपहरण गरेका थिए ।

बालकको अपहरण पश्चात उनीहरुले मोबाईल फोनबाट ३० लाख फिरौती माग गरेका थिए ।
यसबैचि आठ वर्षीय बालकको अपहरणपछि फिरौती माग्ने र हत्या गर्ने तीन जनालाई नै प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्जबाट बालकको अपहरणपछि हत्या गर्ने भारत घर भई वीरगञ्जको प्रगतिनगरमा डेरा गरी बस्ने २१ वर्षीय विकाश शर्मा, बाराको कलैया उप महानगरपालिका वडा नं.११ बस्ने २२ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरताता बस्ने २१ बर्षीय राम विनेश महतोलाई पक्राउ गरेको हो ।

तीनै जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । प्रहरीलाई झुक्याएर भाग्न खोजेपछि गोली प्रहार गरेर पक्राउ गरिएकोे प्रहरीले जनाएको छ।

प्रहरीले चलाएको गोली लागेर अपहरणकारी विकाश शर्मा र सिकेन्द्र साह घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्