कोठा भाडामा मिलाइदिन्छु भन्दै ठगी : मुख्य योजनाकार पक्राउ

काठमाडौं, जेठ १४ । फेसबुक पेज खोलेर कोठा भाडामा मिलाइदिन्छु भन्दै २ सय ५० जनालाई ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं नामक पेज चलाउने जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई रहेका छन् ।

भट्टराई अहिलेसम्म २ सय ५० बढी व्यक्तिलाई ठगी गरिसकेको भेटिएको प्रहरीले जनाएको छ ।
महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले फेसबुकमा उपत्यकाको विभिन्न ठाउँमा कोठा खाली छ भनेर प्रचार गरेका थिए ।

‘उनले सम्पर्क नम्बर पनि राखेर फोन गर्ने ग्राहकलाई कोठा हेर्नुअघि सेवा शुल्क भनेर पन्द्र सयदेखि ४ हजार रुपैयाँसम्म अनलाइनमार्फत पेमेन्ट लिने गरेका थिए’, थापाले भने ।

रकम जम्मा भएलगत्तै उनी सम्पर्क्विहीन हुने गरेको प्रहरीमा उजुरी परेको छ । थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्