घरको जग खन्ने क्रममा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते


काठमाडौं, जेठ १४ । दुई जना मजदुरको घरको जग खन्ने क्रममा खाल्डोमा पुरीएर मृत्यु भएको छ । घरको जगका लागि खनिएको खाल्डोमा पुरिएर वीरगन्जमा दुईजना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका( ५ इटियाही घर भएका ५० वर्षीय दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका ( ४ चैनपुर घर भएका ५० वर्षीय जवाहिर हुन्। दशरथको तराई अस्पतालमा र जवाहीरको गण्डक हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।

एकजना अर्का गम्भीर घाइते भएका छन्। वीरगन्ज महानगरपालिका( १४ बाइपासस्थित राजाराम जलानको घर निर्माणका क्रममा जगका लागि खनिएको खाल्डोमा काम गरिरहेकै बेला माथिबाट खसेको मोटोको ढिस्कोले पुरिएर तीनजना गम्भीर घाइते भएका थिए।


घाइते दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते परवानीपुर गाउँपालिका( ४ कै ४५ वर्षीय राजेन्द्र रामको भने वीरगन्जकै न्युरो हस्पिटलमा उपचार भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्