भक्तपुरमा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु

काठमाडौं ।भक्तपुरमा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल पल्टिँदा एकजनाको ज्यान गएको छ ।

सूर्यविनायक–८ सिपाडालेमा शनिबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएकी ३७ वर्षकी पवित्रा थापा खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उहाँका श्रीमान सुन्दर खडकाको महाराजगन्जमा रहेको प्रहरी अस्पतलामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्