११ हजार भोल्टेजको करेन्ट लागेर हेटौँडामा २ जनाको ज्यान गयो , ३ घाइते
हेटौंडा । हेटौँडामा करेन्ट लागेर २ जनाको ज्यान गएको छ भने ३ घाइते भएका छन् । इन्द्रसरोवर गाउँपलिका वडा नं ३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर २ जनाको मृत्यु भएको हो भने ३ जना घाइते भएका हुन् ।
काठमाडौबाट इपा खानीखोला हाइड्रोपावरको लागि ट्रान्समिटर बोकेर आउँदै गरेको टेलर गाडीका चालक र जेसिबीका चालकको करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा टिलर चालक वर्ष ३५ का बेलकोटगढी ७ मझुवा का विशाल तामाङ र जेसिवी चालक तीनपटन गाउँपालिका आमबोटेका वीर बहादुर मगर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्