अतिक्रमण गरी बनाइएको घर–टहरामा डोजर चल्यो


काठमाडौं, जेठ १३ । । नुवाकोटमा अतिक्रमण गरी बनाइएको घर–टहरामा डोजर लगाइएको छ ।

जिल्ला वन कार्यालय नुवाकोटले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको घर–टहरामा सोमबार डोजर लगाइ भत्काएको छ ।

विदुर नगरपालिका–२, वनदेवीमा रहेको सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर–टहरा वन कार्यालय नुवाकोटले खाली गराएको हो ।

विदुर नगरपालिका, वनदेवी र जिल्ला प्रशासनअगाडि अतिक्रमण गरी बनाइएका घरहरु झन्डै एक दर्जनभन्दा बढी रहेको वन कार्यालय नुवाकोटले जनाएको छ ।


पाँचओटा घरले उच्च अदालत पाटनबाट ‘स्टे अर्डर’ ल्याएका कारण ती घर भने खाली गरिएको छैन ।
सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र सामुदायिक वन खाली गर्न आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्