थाइल्याण्ड बसेर करोडौं ठगी : मानव तस्करी गर्दै आएको आरोपमा परे परशुराम पक्राउ
काठमाडौं, जेठ ११ । थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
३८ वर्षीय गुरुङले आफूलाई कमल, पारस, मनोज, किम, अधिराज, प्राताप लगायतका नामले चिनाउने गरेको पीडितहरुबाट थाहा भएको छ ।
थाइल्याण्डमा बस्दै आएका उनले सामाजिक सञ्चालमार्फत सम्पर्क गरेर विभिन्न देशमा र्पुयाइदिने, पीआर पदलाइदिने लगायतका प्रलोभन देखाउने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले एक जनाबाट ५ लाख २० लाखसम्म दिने गरेका थिए र यसरी उठाएको रकम १३ करोड बडी भएको पाइएको छ ।
रकम लिएपछि उनले भिजिट भिसामा बैंककसम्म र्पुयाउने, एकान्त स्थानमा रहेको होटल तथा फ्षटमा राख्ने र धम्क्याउने गरेको पाइएको छ ।
उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ५० भन्दा बढी पीडितले जाहेरी दिएका छन् । उनको नाममा इन्टरपोलबाट डिफ्युजन नोटिस समेत जारी भएको थियो ।
थाई प्रहरीको सहयोगमा चैत १३ गते पक्राउ गरिएको उनलाई प्रक्रिया र्पुयाएर १० जेठमा नेपाल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्