जोरपाटीको एक सुन पसलबाट ८० हजार लुटियो
काठमाडौं, जेठ ८ । काठमाडौंको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।
बुधबार दिउँसो ग्राहक बनेर आएका चारजनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सीसीटीभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्