सर्लाहीमा एक बालकको ट्रकको ठक्करबाट मृत्यु

काठमाडौं। सर्लाहीमा एक बालकको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा गएसाँझ ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको हो ।

पुलको पूर्वी सीमाना नवलपुर तर्फ ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४ सासापुरका धु्रवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

नवलपुरमा टिउसन पढेर साइकलमा घर फर्किदै गर्दा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ४३९ नम्वरको ट्रकले ठक्कर दिँदा बालक गम्भीर घाईते भएका थिए ।

उनलाई तत्कालै नमूना अस्पताल हरिवनमा सामान्य उपचारगरि थप उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटैमा ज्यान गएको हो ।

दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुस्सु लाग्न थालेसँगै लखन्देही पुलमा केही साता अघिदेखि पटक–पटक सवारी दुर्घटना भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्