होसियार ! फेसबुकमा फ्रेन्ड भएको दुई दिनमै भेटन गएकी एक युवतीलाई बन्धक बनाई ६ दिनसम्म बलात्कार
काठमाडौं , जेठ ७ । काठमाडौँमा फेसबुकमा साथि भएको दुई दिनमै भेट्न गएकी एक युवतीलाई बन्धक बनाई ६ दिनसम्म बलात्कार भएको घटना बाहिर आएको छ । बन्धक बनाएर बलात्कार गर्ने युवकको घर धनुषा भएको खुलेको छ ।
ललितपुरकी १५ वर्षीय किशोरीलाई फेसबुकमा साथि भएका धनुषा–४ शिवचोकका २४ वर्षय उत्सव गुप्ता दुई दिन अघि ती युवतीसँग फेसबुकमा फ्रेन्ड भएको खुलेको छ । फेसबुकमा कुरा भएपछि युवतीलाई गुप्ताले भेट्न बोलाएका थिए ।
फेसबुकबाट चिनजान भएपछि नजिकिएका गुप्ताले थसिखेल बस्ने युवतीलाई भेट्न बोलाएर मोटरसाइकलमा राखी अज्ञात स्थलतर्फ लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए ।
गुप्ता प्रहरीले आफूलाई खोजेको सुइँको पाएपछि बन्धक बनाइएकी बालिकालाई महालक्ष्मी स्थानमा छाडेर फारर भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्