सुदूरपश्चिममा आज पुषे पन्द्र्र तथा ठूलीरात पर्व मनाईंदै


काठमाडौं । सुदूरपश्चिममा शनिबार पुषे पन्द्र्र तथा ठूलीरात पर्व धुमधामसँग मनाईंदै छ । एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रही आएको छ ।

आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूलीरात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको स्थानीय सँस्कृतिकर्मी दया कृष्ण पन्तले बताएका छन्।

रातभरि कथा, कहानी स्थानीय भाषामा आईना, बातै सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने चलन रहेको उनले बताए । तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेको भात खाने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्