जनसेवी लघुवित्तको आईपिओ बाँडफाँड सोमबार दिउँसो, ८७ प्रतिशत आवेदकको हात खाली
काठमाडौं, ५ जेठ । जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ६ गते सोमबार दिउँसो ३ बजे बाँडफाँड गर्ने भएको छ । लघुवित्तको शेयर बाँडफाँड शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलको केन्द्रिय कार्यालय नागपोखरीमा हुने बिक्री प्रवन्धकले जनाएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ अत्यधिक आवेदनका कारण गोलाप्रथाबाट ४३ हजार २९९ जना आवेदकले मात्र लघुवित्तको आईपिओ पाउने भएका हुन । यस हिसाबले आईपिओमा आवेदन गर्ने करिब १३ प्रतिशत मात्र शेयर प्राप्त गर्ने भएका हुन् । यस आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ । आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको थियो ।
कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो । निष्काशित आईपिओमा २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ । बिक्री प्रबन्धकका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको थियो ।
पर्वत जिल्लाको कुष्मा बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको हालको चुक्ता पूँजी नौं करोड ८० लाख रहेको छ भने यस आईपिओ पश्चात चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार हुने छ ।
प्रतिक्रिया दिनुहोस्