धादिङ्गको १०४ वडामा छाया सरकार, सबै क्षेत्रको भ्रष्टाचारको भण्डाफोर गर्ने
काठमाडौं, ५ जेष्ठ । नेपाली काँग्रेसले धादिङ जिल्लाको १०४ वटा वडामा पनि छायाँ सरकार गठन गरेको छ । छाया सरकारले विभिन्न कार्यलयमा हुने आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार, प्रतिवद्धता अनुसार काम गर्न नसकेको विषयहरु घच्घच्याउने, सत्य तथ्य कुरा जनतासामू पुर्याई र भण्डाफोर गर्ने काम गर्दछ र यसले कार्यालयहरुमा हुने अनियमितता र ढिलासुस्तीमा कमी आउने जनविश्वास रहेको छ ।
छाया सरकारले मुलुक संघीय संरचनामा विभाजित भएपछि स्थानीय तहको वडामा समेत धेरै अधिकारहरु प्रत्यायोजन गरिएकोले ती कामको निगरानी गर्नको लागि वडामा समेत छायाँ सरकार गठन गरिएको धादिङ नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि प्रदीप पौडेलले जानकारी दिए ।
पार्टीले छाया सरकार बनाउने घो्षणा गरेको लामो समयपछि धादिङ्गमा एकैपटक जिल्लाभरमा काँग्रेसले चुनाव हारेका वडामा छायाँ सरकार गठन गरिएको हो । नेता पौडेलले कार्यलयमा आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार, प्रतिवद्धता अनुसार काम गर्न नसकेको विषयहरु लगायतलाई घच्घच्याउनको लागि वडामा समेत छायाँ सरकार गठन बताए । स्थानीय तहको चुनावमा पराजीत वडाध्यक्षलाई सो वडाको छायाँ सरकारको प्रमुख बनाईएको छ ।
काँग्रेसको केन्द्रीय समितिले तय गरेको जागरण अभियानले धादिङमा सार्थकता पाएको काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले जानकारी दिए । उनले यो जागरण अभियानमा उल्लेखनीय सहभागिता देखिएको भन्दै यसले पार्टीभित्रको मूल समस्याको रुपमा रहेको गुटबन्दीलाई समेत अन्त्य गर्ने विश्वास पनि व्यक्त गरे । छायाँ सरकार गठन गर्ने र त्यहाँको नेतृत्व चयन गर्नको लागि स्थानीयले नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको भन्दै यो अभियानले धादिङमा दुईवटा अध्यक्ष हुने चलनको अन्त्य भएको बताए ।
शुक्रबाट गठन भएको छायाँ सरकारका अन्य सदस्यहरुमा भने पराजीत वडा सदस्यका उम्मेदवारहरु र आवश्यक मात्रामा अरु पनि सदस्यहरु थप गर्न सकिने बताईएको छ । यसले वडामा भएका बजेट, विकासका गतिविधिहरु र त्यहाँ देखिएका अनियमित गतिविधिहरुलाई समेत सत्य तय कुरालाईबाहिर ल्याई भण्डाफोर गर्ने छाया सरकारको मुख्य काम भएको काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्