ज्यामरुङ्गमा दुई दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, १ जेष्ठ । नीलकण्ठ नगरपालीका वार्ड नं. ११ज्यामरुङ्गमा दुई दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
धादिङ्ग जिल्लाको नीलकण्ठ नगरपालीका वार्ड नं. ११ र १० का वासिन्दाहरुलाई स्वाथ्यलाभ दिने उदेश्यले बैशाख २७ र २८ गते दुई दिने निःशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म नीलकण्ठ नगरपालिका वडा नं ११ स्थित चाँप भन्ज्याङ, ज्यामरूङमा आयोजना भएको शिविरमा ४४२ जनाले नाम दर्ता गराएकोमा १०९ जनाले साधारण जाँच, १०५ जनाले सुगर जाँच, ९ जनाले हाईड्रोशिल स्क्रिनिङ्ग, ७८ जनाले युएसजी जाँच, ४९ जनाले भिआईए जाँच, ५ जनाले पिएपि स्पेर जाँच र २९ जनाले रिङ्ग प्रेजरी स्वास्थ्य परिक्षण गराई विरामीहरुले फाइदा लिएका छन् ।

नीलकण्ठ नगरपालिका आयोजना, रोटरी क्लब काठमाडौ नर्थ इष्ट, बयोधा अस्पताल, बल्खु, काठमाडौ र धादिङ्ग जिल्ला अस्पतालको मेडिकल टिमको सहयोगमा शिविर सम्पन्न गरिएको नीलकण्ठ नगरपालीका वार्ड नं. ११का वार्ड अध्यक्ष तिलक थापा मगरले जानकारी दिनुभयो ।
त्यस्तै शिविरमा नेपाल रेडक्रस सोसाईटी उपशाखा ज्यामरुङ्ग र शंखादेवि महिला सहकारीले खानपानको व्यवस्थापन गरेको थियो ।

शिविरमा महिला सम्बन्धि आङ खस्ने रोगको उपचार, क्यान्सर रोगको जाँच, हाइड्रोसिलको स्क्रीनीङ, इसिजि भिडियो एक्से, मुटु रोग सम्बन्धि प्रारम्भिक जाँच, चिनी रोगको परिक्षण लगायत अन्य सामान्य रोगको चेकजाँचका साथै परामर्श गरिएको थियो ।
शिविरमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र सिभिल बैंकले वित्तीय सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्