बलात्कार मुद्धाका दोषीलाई १६ वर्षको कैद
काठमाडौं, ३१ बैशाख । जिल्ला अदालत दाङ्गले बलात्कार मुद्धामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ निवासी १८ वर्षीय मुकेश विकलाई १६ वर्षको कैद सजाय तोकेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पाँच वर्षीया बालिका बलात्कार कसुरमा दोषी ठहर गर्दै अदालतले विकलाई १६ वर्ष कैद फैसला सुनाएको हो । फैसलामा पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ती उपलब्ध गराउने भनिएको छ ।
पीडितको आर्थिक अवस्था नाजुक भएकाले स्थानीय तहबाट क्षतिपूर्ती उपलब्ध गराउने भनि फैसला भएको हो । ५ वर्षीया ती बालिकालाई गएको माघमा विकले बलात्कार गरेको जाहेरी आफन्तले प्रहरीमा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्