फेवातालमा ठूलो छाल, एपिएफ फेवा लेक रेस्क्यु टोलीले जोगाए मानवीय क्षतीहुबाट
काठमाडौं । देशको विभिन्न स्थानहरुको हवाहुरी र पानी पर्ने मौसमविद्ले बताउँदै आएको बेला आइतबार पोखरामा पनि ठूलो हावाहरी चल्यो । त्यसको प्रभावले फेवातालमा डुङ्गा सवारदेखि पोखरावासी नै प्रभावित भए ।
फेवातालमा आइतबार दिउँसो एक्कासी हावा हुरीसंगै आएको ठूलो छालमा परि अत्तालिएका एक विदेशी सहित ७ जनालाई उद्धार गरिएको छ । एपिएफ फेवा लेक रेस्क्युटोलीको उद्धार कार्यले गर्दा मानवीय क्षतीहुबाट बचाएको छ ।
हावा हुरीसंगै आएको छालमा डुंगा सयर गर्दै गरेका एक विदेशी नागरिक सहित ७ जनालाई बाराहीघाटमा रहेको एपिएफ फेवा लेक रेस्क्यु टावरको एक टिमले समयमै सकुसल उद्धार गदा उनीहरु थप कष्टर मानवीय क्षती हुनबाट बचेको हो । हावाहुरी र छाल आउँदा पर्यटकहरु कोहि मन्दिरमा र कतिपय तालको किनाररा लागेर बसेको थिए ।
फेवातालमा डुंगा सयर गरेर आनन्द लिइरहेको बेला हावाहुरीसंगै आएको छालमा फसेका पर्यटकहरुले लाइफ ज्याकेट लगाएका कारणले गर्दा सकुसल उद्धार गर्न सफल उद्धारमा खटिएकाले सरक्षाकर्मीले बताए । यसले गर्दा समयमै उद्धार गर्न पनि सहज भएको र मानविय क्षेती हुनबाट जोगिएको हो ।
फेवातालमा डुंगा सयर गर्दै गरेकी जर्मनी नागरिक करिब ४५ बर्षिया एलेन सहितका ७ जनालाई सकुसल उद्धार गर्न सफल भएको शसस्त्र प्रहरी सहायक निरिक्षक दीपेन्द्र विष्टले बताए । विष्टको नेतृत्वमा गएको ७ जनाको रेस्क्यु टिमले दुई वटा डुंगाबाट उद्धार गरेका थिए । डुंगामा काठमाण्डौंका ४० बर्षीय खडानन्द वडाकोटी समेत रहेका थिए । उनीहरुलाई एपिएफको रेस्क्यु टिमले तालवाराही मन्दिर भन्दा दक्षिण भागबाट उद्धार गरेको हो । उनीहरुले आफै डुंगा चलाउदै सयरमा निस्केको बताइन्छ । डुंगामा सयर भएका सवैले लाइफ ज्याकेट लगाएका कारणले गर्दा पनि उनीहरु आत्तिए पनि डुंगा डुब्न लागेको अबस्थाबाटै उद्धार गरिएको शसस्त्र प्रहरी सहायक निरिक्षक विष्टले बताए ।
रेस्क्यु टिमले काठमाण्डौं बौद्धका ५ जनाको तालको बिच भागबाट उद्धार गरिएको थियो । जसमध्य ३१ बर्षका संगि लामा, २९ बर्षका तेन्जिङ लामा, २२ बर्षका संजय लामा, १६ बर्षका टक्सीन लामा र ३६ बर्षका च्याम्वो लामा रहेको सहायक निरिक्षक विष्टले जानकारी दिए ।
विगत दुई बर्ष देखि रेस्क्यू टावरमा रहेका विष्टले आइतबार आएको छाल हालसम्मकै ठूलो छाला भएकोले गर्दा उद्धार गर्न समेत कठिनाइ भएको बताए ।
फेवातालमा पटक पटक लाइफ ज्याकेट नलगाउदा धेरै पर्यटकहरुले जायन गुमाउनु परेको थियो । फेवातालमा डुंगा सयर गर्दा अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनु पर्ने व्यबस्था गरेको गरेको छ ।
प्रतिक्रिया दिनुहोस्