चिया मजदुरको बिजोगः एक छाक भात, एक छाक गिट्ठा

काठमाडौँ, बैशाख २७ । चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलनमा रहेका छन्।

ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैँले थालेको अनिश्चिकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन्।

आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल पर्न थालेको छ।

‘काम गरेको पैसाले किनेको चामल सबै सकियो। अहिले एक छाक भात र एक छाक गिट्ठा खाएर बसिहरका छौं,’ श्रमिक विप्ता भण्डारीले भने।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन्। नदिए कारबाही गर्ने चेतावनी उनको छ।

प्रतिक्रिया दिनुहोस्