ओखलढुङ्गामा भाइको कुटाइबाट दाइको मृत्यु

काठमाडौं । ओखलढुङ्गामा भाइको कुटाइबाट दाइको मृत्यु भएके छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ टाकिटारमा गएराति भाइको कुटाइबाट दाजुको मृत्यु भएको हो।

मृत्यु हुँनेमा ३० बर्षीय दुर्गाधन तामाङ रहेका छन् । गएराति करिव साँढे १ बजे मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षीय श्याम तामाङले दाजुलाई कुटपिट गरेका हुन् ।

भाईको कुटपिटबाट दाजु दुर्गा धनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्