हेलिकोप्टरमा हुम्ला पुग्यो स्काभेटर

काठमाडौं । सल्लीसल्ला–छारे सडक निर्माणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट स्काभेटर हुम्ला सदरमुकाम सिमकोट पुर्‍याइएको छ।

सेनाको हेलिकोप्टरले मंगलबार स्काभेटरलाई सडक निर्माणस्थलमा पुर्‍याएको हो। स्काभेटर पुगेसँगै सडक निर्माण सुरु भएको छ। नेपाली सेनाको हेलिकोप्टरले मुगुबाट स्काभेटर सिमकोट लगेको हो।

स्काभेटर सल्लीसल्ला पुगेसँगै सडक निर्माण सुरु गरेको सडक निर्माणको जिम्मा लिएको सपना निर्माण कम्पनी धुलिखेल जेबीका प्रतिनिधि तेजबहादुर महतले जानकारी दिए।

सल्लीसल्लादेखि सिमकोटसम्म ४६ दशमलव ९ किलोमिटर सडक निर्माणका लागि ३५ करोड बजेट विनियोजित भएको र १५ महिनाभित्रै सडकमा सवारी साधन गुडाउन सकिने महतले बताए।

प्रतिक्रिया दिनुहोस्