साताको पहिलो दिन सेयर बजारमा गिरावट
काठमाडौं, बैशाख २२ । साताको पहिलो दिन आइतबार सेयर बजारमा १६.७१ अंकको गिरावट आउँदा ६५ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा १७५ कमपनी आएका थिए । आज उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन २०.८ अंकले बढेको छ भने अन्य समुहमा १.१२ अंकको बढोत्तरी छ ।
सबैभन्दा बढी जिवन बिमा १२७.०२ अंकले घटेको छ भने जलविद्युत समुहतर्फ ५३.८८ अंकको गिरावट छ । लघुवित्त समुह २५.८७ अंकले घटेको छ भने नीर्जिवन बिमा तर्फ २४.७३ अंकको गिरावट छ । बाणिज्य बैंक, होटल, विकास बैक, फाइनान्स समुह घटेको छ ।
बजार घट्दा पनि सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको भएको छ । नेपाल बैकको ६ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि प्रभु बैंक र शिवम सिमेन्टको कारोबार बढी भएको छ ।
प्रतिक्रिया दिनुहोस्