काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस दुर्घटना, यस्तो छ अवस्था

काठमाडौं , बैशाख २१ । काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको छ ।

ना ४ ख १३४० नम्बरको बस राप्ती सोनारी गाउँपालिकाको वडा नं।७ मा कोहलपुरबाट पूर्वतर्फ गइरहेको भे १ ख २८९२ नं।को टिपरसँग ठक्कर खाँदा ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये बस चालक र सहचालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य ३ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्