संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु, ५ जना घाइते
काठमाडौं, बैशाख १९ । संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्य भएको छ भने ५ जना घाइते भएका छन् ।
संखुवासभाको सभापोखरी गाउँपालिका–६, स्वाचीमा अचानक विद्युत्तको झट्का लाग्दा २३ वर्षीय भूपाल विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शिवनारायण यादवले बताए ।
उनका अनुसार सभापोखरी गाउँपालिका वडा नं.–६ का ३६ वर्षीय तारा विश्वकर्मा, १४ वर्षीया मन्जु विश्वकर्मा, ६५ वर्षीया भगवती विश्वकर्मा करेन्ट लागेर घाइते भएका छन् ।
विद्युत्तको झट्काले उनीहरुको हातको छाला पिल्सिएकाले थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
त्यसैगरी ६० वर्षीय कुलबहादुर विश्वकर्मा, ५६ वर्षीय धनमान वनेमको अवस्था सामान्य नै रहेकाले उनीहरुको सभापोखरी गाउँपालिकामा नै रहेको बाह्रबिसे मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्