उपत्यकाका तीनै वटा जिल्लामा लागुऔषधको डिलर सञ्चालन गर्ने पक्राउ

काठमाडौं, बैशाख १८ । महानगरीय प्रहरी वृत्त सातदोबाटोले उपत्यकाका तीनै वटा जिल्लामा लागुऔषधका डिलर सञ्चालन गर्ने कृतन लामालाई पक्राउ गरेको छ ।

२८ वर्षीय लामा ललितपुर महानगरपालिकाको १४ वडा सामपांग चोकमा बस्दै आएका थिए।

मोटरसाइकल पछाडि बसेर जाँदै गरेको अवस्थामा प्रहरीले खानतलासी गर्दा लागुऔषध भेटेको हो।

उनले लगाएको जिन्स पाइन्ट र ज्याकेटको खल्तीबाट डाइजाल्याब ४, एम्पुल फेनारगन ४, नुफिन ४ बरामाद गरेको वृत्तका प्रमुख गौतम मिश्रले जानकारी दिए। उनको साथबाट एक लाख १५ हजार ४० रुपैयाँ पैसा भेटिएको थियो।


त्यस्तै उनी चढेको मोटरसाइकल चलाएर जाँदै गर्दा कोटेश्वरका ३२ का २१ वर्षीय अभिषेक केसी पनि पक्राउ परेका छन्। प्रहरीले सोधपुछ गर्दा लामाको लागुऔषध डिलर रहेको खुलेको हो।

‘ललितपुर, काठमाडौं र भक्तपुरमा डिलर चलाएको स्वीकार गरको प्रमुख मिश्रले बताए । १४ गतेदेखि लागु हुने गरी ८ दिन म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्