नेपाल लाइफ इन्सुरेन्सले ४८.५५ लाभांश दिंदै, बुक क्लोज कहिले ?

काठमाडौं, १४ बैशाख । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले जेठ ४ गते साधारण सभा बोलाएको छ । साधारण सभाले ४८.५५ लाभांश पारित गर्ने छ । सभा जेठ ४ गते बिहान ९ः३० बजे होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बस्नेछ । नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर र २३.५ नगद गरी कुल ४८.५५ लाभांश दिन लागेको हो । सभामार्फत यो लाभांश अनुमोदन गरिनेछ ।

साधारण सभा गर्न कम्पनीले वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा नेपाल लाइफको लाभांश सुरक्षित गर्न वैशाख १८ गते बुधबारभित्र सेयरधनी भइसक्नुपर्नेछ । कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ ।

हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले २८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा छ । यस कम्पनीले शेयर धनीहरुलाई राम्रो लाभांश वितरढा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्