बाँकेमा एक किशोरी सामूहिक बलात्कृत, भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

काठमाडौं, बैशाख १३ । बाँकेमा एक किशोरी सामूहिक बलात्कृत भएकी छन् । बाँकेकोे बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी हुन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकायलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको टोलीले भाग्दै गरेको अवस्थामा दुवैलाई पक्राउ गरेको जनाएको छ । किशोरीले दुवैको नाममा किटानी जाहेरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्