पत्रकार महर्जनको रिहाइको माग गर्दै माइतीघर मन्डलामा धर्ना
काठमाडौं, वैशाख १२ । पत्रकार जितेन्द्र महर्जनको रिहाइको माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मन्डलामा सन्चारकर्मीहरुले धर्ना दिएका छन् ।
गएको चैत २८ गते पक्राउ परेका महर्जनलाई सर्वोच्च अदालतले वैशाख ८ गते रिहाइको आदेश दिएलगत्तै उनलाई प्रहरीले फेरि पक्रेको थियो ।
अदालतको आदेशविपरीत प्रहरीले बलजफ्ती पक्रेको भन्दै सन्चारकर्मीहरुले महर्जनको अविलम्ब रिहाइको माग गरेका छन् ।
बुधबारमात्र नेपाल पत्रकार महासंघले महर्जनलगायत पक्राउ परेका सबै पत्रकारको रिहाइको पहलका लागि सरकारलाई दबाब दिन मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्