क्षमताभन्दा बढी भार बोकेका ट्रक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं, वैशाख १० । रौतहट ट्राफिक प्रहरीले क्षमताभन्दा बढी भार बोकेका मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको ट्राफिक प्रहरीले अहिले भने क्षमताभन्दा बढी बोक्ने ट्रकको सामान खन्याइ अर्को ट्रकमा लानुपर्ने भन्दै नियन्त्रणमा लिन सुरु गरेको हो ।

चालकहरुले २५ वर्षदेखि सामान ढुवानी गर्दै आएपनि ट्राफिक प्रहरीले अहिले भने दुःख दिएको बताउँछन् ।

ट्रक सन्चालनको मापदन्डअनुसार ६ चक्का भएका ट्रकले १० टन, १० चक्का भएकाले १७ टन, १२ ओटा भएकाले २१ टन र १४ ओटा चक्का भएका ट्रकले २५ टनसम्मको सामान लोड गर्नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्