प्रहरी किताबखाना लैनचौरका कर्मचारी कार्यकक्षबाटै घुससहित पक्राउ
काठमाडौं , बैशाख १० । नायव सुब्बा सुरज केसी घुस रकमसहित पक्राउ परेका छन् ।
निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अवस्थामा प्रहरी कितावखाना लैनचौरका कम्प्युटर अपरेटर (नायव सुब्बा) सुरज केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
केसीलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिँदा लिँदै कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्