“बेरोजगार भत्ता चाहियो” : युवा विद्यार्थीहरु

काठमाडौं । युवाहरुलाई वेरोजगार भत्ता दिनका लागि सरकारले पहल गर्नुपर्ने कुरा तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले समाजमा वेरोजगारीका समस्या सम्बोधन गर्न नसकेका कारणले आपराधिक घटना बढेको बताउँदै बेरोजगार भत्ताको व्यवस्था गरेमा युवाहरुलाई विदेश पलायन हुनु नपर्ने समेत बताएका थिए । “बेरोजगार भत्ताले युवाहरुलाई सामाजिक दायित्व बोध गराउनुका साथै देश विकासमा अगाडि बढ्न समेत प्रेरित गर्छ ” उनीहरुले भने ।तुलसीपुरमा रहेको ज्ञानदिप कलेजमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको युवाहरुलाई रोजगार कि बेरोजगार भत्ता विषयक वादविवाद कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले पुर्ण रोजगारी सम्भव नभएकाले युवाहरुलाई भत्ता दिएर सामाजिक काममा लगाउनुपर्ने सुझाव समेत दिएका थिए ।
स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको कार्यक्रममा प्रकाश वली प्रथम, मनिषा डिसी द्धितीय, सुवास सुवेदी तृतिय, नारायण भण्डारी र रमेश भट्ट सान्त्वना भएका थिए । सर्कलका अध्यक्ष हेमन्तप्रकाश वलीको अध्यक्षता एवम् कलेज प्रमुख सुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक वसन्त विवश आचार्यले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण नेजकुमार डाँगी र सुदन भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्