युएईमा दुई नेपालीबीच झडप, छुरा प्रहारबाट एक नेपाली युवाको घटनास्थलमै मृत्यु
काठमाडौं, बैशाख ८ । युएईमा दुई नेपालीबीच झडप भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ ।
भोजपुरका युगेन्द्र राईले रक्सी सेवनका क्रममा सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए ।
उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो ।यो ।
प्रतिक्रिया दिनुहोस्