बजार परिसूचक नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २१.५३ अंकले घटेर १४२५.५१ को बिन्दुमा आएर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५६ कम्पनीका १३ लाख ६८ हजार ४ सय ७५ कित्ता शेयर खरिद बिक्रि बाट ७६ करोड ५७ लाख ६९ हजार ६ सय ६२ रुपियाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै १० करोड ९९ लाखको कारोबार भएको छ ।

आज पनि महुली लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्