काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर दुई जनाको मृत्यु, २ घाइते

काठमाडौं , बैशाख ६ । काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

साथै करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–११ ईनरुवा बस्ने ६० वर्षीय बिश्वनाथ यादवको आफ्नै घरको विद्युतको मिटरमा तार जोडने क्रममा करेन्ट लाग्दा शुक्रबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्