बिप्लव नेतृत्व नेकपाका निकट किसान सङ्घ पाल्पाका अध्यक्ष बस्याल पक्राउ
काठमाडौं, बैशाख ६ । बिप्लवका अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याल पक्राउ परेका छन्।
मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि हुन् ।
तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।
बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्