जिल्ला प्रशासन कार्यालय मोरङमा १७ थान हतियार बुझाईयो

काठमाडौं, बैशाख ६ । जिल्ला प्रशासन कार्यालय मोरङमा १७ थान हतियार बुझाईएको छ ।

मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न खालका १७ थान हातहतियार बुझाइएको हो ।

गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको जनाएको छ ।

गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताइन्।

बुझाइएका हातहतियारमा भरुवा बन्दुक र दुईनाले बन्दुक रहेको सहायक प्रजिअ ओलीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्