चट्याङ लागेर उदयपुरमा १ को मृत्य, ५ जना घाइते , घरको छाना उडायो
काठमाडौं, बैशाख ४ । चट्याङ लागेर उदयपुरमा १ को मृत्य भएको छ भने ५ जना घाइते भएका छन् ।
गएराति आएको हावाहुरी र वर्षासँगै परेको चट्याङले सदरमुकाम गाई घाट लगायत विभिन्न ठाउँका कैयौंको घर टहराको छानो उडाउनुका साथै कृषि तथा फलफूलमा व्यापक क्षति पु(याएको छ।
राति परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको छ भने उनकै परिवारका श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरि जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आधादर्जन बढीको घर टहरा उडाउनुका साथै लाखौंको कृषि व्यवसायमा क्षति पुगेको छ ।
हावाहुरीबाट विद्युत जिल्लाका कतिपय ठाउँमा विद्युत् अवरुद्ध हुन पुगेको छ। तत्काल पीडितको उद्धार गर्न प्रहरी टोली खटाउन कठिनाइ भएको प्रहरीले जनाएको छ।
अवरुद्ध विद्युत बुधबार दिउँसो १ः०० बजेदेखि मात्र सुचारु भएको छ। हावाहुरीले ठाउँ ठाउँका पोल ढालेर तार चुँडाएको खबर आए पनि प्राधिकरणबाट तत्काल मर्मत टोली नखट्दा समस्या आएको थियो।















प्रतिक्रिया दिनुहोस्