ट्याक्टरको टाएरले किचेर सहचालकको मृत्यु

काठमाडौं, बैशाख ३ । मुगुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

सदरमुकाम गमगढबाट मुगुम कार्मारोङ गाउँपालिका — ९ छाइलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ सहचालकको ज्यान गएको हो ।

व्यापारिक सामान बोकेर जाँदै गरेको भे १ त ७२४० नम्बरको ट्याक्टर गाँठे भन्ने स्थानमा रोक्ने क्रममा टायर अड्क्काउन ढङ्गा राख्न खोज्दा ब्याक आएको ट्याक्टरको टाएरले किचेर सहचालक लक्ष्मी उपाध्यायको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार जुम्ला जिल्ला तातोपानी गाउँपालिका — ४ हाँकु स्थायी घर भएका १८ वर्षीय मृतक उपाध्यायको शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमपछि मंगलबार आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक जुम्ला जिल्ला चन्दननाथ नगरपालिका—१२ का धन गिरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्