पक्राउ परेका विप्लव समूहका नेता ज्वाला जेल चलान

काठमाडौं, बैशाख ३ । केहि दिन अगाडी मात्रै पक्राउ परेका विप्लव समूहका नेता बीरबहादुर घलान ज्वाला जेल चलान भएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालालाई जिल्ला अदालतले कारागार पठाएको हो।

सोमबारको थुनछेक आदेपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगिएको हो ।

न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो ।

केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनलाई सोमबार अदालत पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्