अवैध नगदसहित पोल्याण्डका २ जना विमानस्थलबाट समातिए

काठमाडौं , बैशाख २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित २ जनालाई पक्राउ गरेको छ ।

विहान ८ बजे बजे एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski र Aakuv Stecki  लाई पक्राउ गरेको हो ।


Maksy Milikn Weglowski को साथबाट १३ हजार ६ सय डलर , ५ हजार २ सय युरो र ५८ हजार नेपाली रूपैयाँ र Aakuv Stecki को साथबाट ६ हजार १ सय डलर र ५ हजार युरोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको विमानस्थलका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्