केन्याको ‘न्यू रंगिला बार’ बाट १२ नेपाली युवती पक्राउ
काठमाडौं, वैशाख २ । केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई बार डान्सरका रुपमा मानव तस्करले केन्या पुर्याएका थिए । उनीहरुलाई केन्याको मोम्बासा नियालीस्थित न्यू रंगिला बारबाट पक्राउ गरिएको हो ।
प्रहरीले १२ नेपाली युवती कसरी केन्या आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीले उनीहरुलाई सोमबार मोम्बासा अदालतमा लैजाने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्