विप्लवका जिल्ला सेक्रेटरी मल्ल पक्राउ

काठमाडौं, चैत ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बझाङ सेक्रेटरी भरत मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बुबाको उपचार गरी घर फर्किने क्रममा मल्ललाई प्रहरीले बझाङको बित्थडबाट पक्राउ गरेको हो ।

पुराना कम्युनिस्ट नेता तथा भरतका बुबा धनबहादुर मल्ल दुबै मृगौला फेल भएर बिरामी छन् ।

बुवाको उपचार गरी घर फर्केका मल्ललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पु¥याए पनि प्रहरीले औपचारिक कुनै प्रतिक्रिया नदिएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् ।

मल्लको रिहाइको पहल गरिदिन हुन बुबा धनबहादुरले आग्रह गरेका छन् । नेकपा सेती ब्यूरोले पनि मल्लको गिरफ्तारी प्रति आपत्ति जनाउँदै रिहाइको माग गरेको छ ।

यता जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी नायव निरिक्षक मिन बहादुर सिंहले उनीबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्