महोत्तरीमा बँदेल आतङ्क आक्रमणबाट ९ घाइते, सहयोग नगरेको भन्दै प्रहरीमाथि ढुंगामुडा

काठमाडौं, चैत २८ । महोत्तरीमा बँदेल आक्रमणबाट ९ घाइते भएका छन् । जंगली बँदेलको आक्रमणमा परेर महोत्तरीको बर्दिबासस्थित पशुपतिनगरमा ९ जना घाइते भएका हुन्।

भोकाएर खानाको खोजीमा गाउँ पसेका बँदेलले आतंक मच्चाउँदा भागाभाग भएको थियो। बँदेलले आक्रमन गर्न थालेपछि पशुपतिनगरका स्थानीयहरु नजिकैको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेशलाई गुहार मागेका थिए।

प्रहरीले कुनै सहयोग नगरेको भन्दै आक्रोशीत स्थानीयहरुले वेशमा ढुङ्गामुढा गरेका छन्।

बदेलमाथी प्रहरीले गोली किन प्रहार नगरेको भन्दै स्थानीयहरुले ढुङ्गामुढा गर्दै प्रहरीले सुरक्षाका लागि लगाएका घेराबेरा उखेल्दै सेन्टीमा बसेका एक जना प्रहरी जवान घाइते भएका छन्।

‘जनता असुरक्षित हुँदा सुरक्षा दिदैन भने प्रहरीको के काम भनि स्थानीयले आक्रोस पोखेका थिए ।

आक्रमक बदेललाई नियन्त्रणमा लिन प्रहरीलाई दबाव दिन छलफल अगाडी बढाएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका वडा अध्यक्ष टेकविर रखालले बताए। उनले गाँउबासीलाई सर्तक रहन अनुरोध गरे।

आक्रमक बदेल नियन्त्रणमा लिन सम्बन्धित निकायमा पहल गर्ने बर्दिबास नगरपालकाका मेयर बिदुर कुमार कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्