२० केजी गाँजासहित चार जना पक्राउ
काठमाडौं, चैत २५ । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले २० केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले धरानको शिवधाराबाट ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई छुटाउनको लागि ५० हजार नगद सहित प्रहरीलाई घुस दिन खोजेपछि थप अर्का एक जना पनि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा ५० हजार रुपैयाँ घुस दिने विराटनगर महानगरपालिका १५ का ३६ वर्षीय सुरज कुमार शाह, धनकुटाको पाख्रिबास नगरपालिका–६ का ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहिदभूमी गाउँपालिका–१ का २३ वर्षीय आइते भनिने मदन राई रहेका छन् ।
उनीहरुलाई धरानका विभिन्न स्थानबाट को१ह ६२५० नं को टेम्पोसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी समुन कुमार तिम्सिनाले जानकारी दीए ।
प्रतिक्रिया दिनुहोस्